नौसेनाको जहाज डुबेको दुई दिनपछि थाई नाविकको उद्धार, २९ जना अझै समुद्रमा बेपत्ता — OSNepal

नौसेनाको जहाज डुबेको दुई दिनपछि थाई नाविकको उद्धार, २९ जना अझै समुद्रमा बेपत्ता

LC (KTM) December 20, 2022 0

प्रचुप खिरी खान-थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् ।नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् – “हामीले आज दिउँसो एक जनालाई भेट्टायौं” । उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् ।

यो पनि:जापानविरुद्ध सैन्य कदम चाल्ने चेतावनी-उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ ।

उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ । मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकाङ्क्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ ।

उत्तरकोरियामाथि आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न उत्तरकोरिया तयार छ,” विज्ञप्तिमा भनिएको छ ।

सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमाप जापानविरोधी भावना अद्यापि कायम छ । विशेष गरी उत्तरकोरियाले जापानको कठोर शब्दमा आलोचना गर्दै आएको छ । जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर