ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु — OSNepal

ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु

LC (KTM) December 20, 2022 0

इस्लामावाद-पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा विष्फोट हुँदा उक्त हताहति भएको हो । विष्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएका तथा ती मध्ये १२ जनाको मृत्यु भएको हो ।

घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह शहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । विष्फोटबाट शुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिण्डर पनि विष्फोट हुँदा नजिकैका चार वटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारी साधन ध्वस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर