के जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्दै छन् ? — OSNepal

के जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्दै छन् ?

LC (KTM) December 21, 2022 0

न्युयोर्क, ६ पुस:युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार वाशिंगटनको यात्रा गर्न सक्ने जनाइएको छ । उनको भ्रमणको अझै पुष्टि भने भएको छैन । सुरक्षाका कारण उनको भ्रमण योजना परिवर्तन हुन सक्ने रोयटर्सले जनाएको छ ।

पञ्चबाउल न्युजले पनि जेलेन्स्कीको पहिलो पटक सम्भावित यात्राको रिपोर्ट गरेको छ । यदि उनले भ्रमण गरेमा फ्रेवुवरी २४ मा रुसी जेलेन्स्कीको युक्रेन बाहिरको पहिलो यात्रा हुनेछ ।

योजनाअनुसार भ्रमण भएमा जेलेन्स्कीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेता र राष्ट्रिय–सुरक्षा समितिका प्रमुखहरूलाई भेट्ने अनुमान गरिएको छ । त्यस्तै उनले संसदको संयुक्त वैठकलाई सम्बोधन गर्न सक्नेछन् ।

रुसले युक्रेनमाथि हमला गरेपछि वासिंगटनले किभलाई आर्थिक तथा सैन्य सहयोग प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर