ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा — OSNepal

ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

LC (KTM) December 21, 2022 0

न्युयोर्क, ६ पुस;एलाेन मस्कले मंगलबार ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ! त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु’, मस्कले ट्विटरमा लेखेका छन् ।

यसअघि उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा सर्वेक्षण गरेका थिए ।

सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले मस्कले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए ।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर