संसदीय दलको नेता चयनका लागि गरिएको मतदानको फोटो कसले खिच्यो ? गगनले जनाए असन्तुष्टि — OSNepal

संसदीय दलको नेता चयनका लागि गरिएको मतदानको फोटो कसले खिच्यो ? गगनले जनाए असन्तुष्टि

LC (KTM) December 21, 2022 0

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएका बेला निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।

मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि मोवाइल खुलेआम मतदान स्थलमा लगिएकोप्रति महामन्त्री थापाले आपत्ति जनाउँदै सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार नहुनुमा थापाले गम्भिर आपत्ति जनाएका छन् ।

मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्वीर खिचेको देखेको थापाले आरोप लगाएका छन् । गगनका अनुसार १० – ११ जना सांसद तस्विर नखिच्नुस् भन्दाभन्दै खिचेका छन् ।

मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो मतदान सुरु भएको थियो । दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर