गैरआवसीय नेपाली सङ्घले भन्यो– सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ — OSNepal

गैरआवसीय नेपाली सङ्घले भन्यो– सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ

LC (KTM) December 21, 2022 0

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ । सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक वक्तव्य जारी गर्दैै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पु¥याइएकामा आभार प्रकट गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उहाँले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गर्नुभयो । नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उहाँले बताउनुभयो ।

“सङ्घले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भन्नुभयो, “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व सङ्घले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र सङ्घको पहलले मूर्तरुप लिएको छ ।”

आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पु¥याउन सरकारको सहयात्रीका सङ्घले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उहाँले भन्नुभयो, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर