दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत सुरक्षा — OSNepal

दुवै डोज खोप लगाउँदा कोरोनाबाट ९८ प्रतिशत सुरक्षा

LC (KTM) July 03, 2021 0

नयाँ दिल्ली १९ असार – कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृ त्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृ त्युबाट बचाउने देखिएको हो ।

भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले आज नयाँ दिल्लीमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिनुभएको हो ।

उहाँले उक्त भन्नुभएको छ कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उहाँले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिनुभएको थियो । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृ त्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृ त्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर