हृदयघातका कारण साउदी अरेबियामा एक नेपालीको मृत्यु — OSNepal

हृदयघातका कारण साउदी अरेबियामा एक नेपालीको मृत्यु

LC (KTM) December 24, 2022 0

काठमाडौं – साउदी अरेबियामा एक नेपालीको हृदयघातका कारण निधन भएको छ । निधन हुनेमा नकुटा(७ का मुकेश राई रहेका छन् । राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अलखोबर(दमामा शहरमा १० बर्ष अघि प्रतिष्ठित सुपरमार्केटमा काम गर्दै आएका थिए ।

१७ डिसेम्बर मध्यान्ह करिब १२स्४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै उनले बाटोमा नै ज्यान गुमाएको बताइएको छ । मृतक राईले सुरुमा मुटु दुख्ने समस्या देखाए लगतै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनीसँगै काम गर्ने एक नेपालीले बताएका ।

नेपालीका अनुसार हस्पिटलले हृदयघातबाट राईको मृत्यु भएको पुष्टि गरेको हो । राईकी श्रीमती र एक छोरा छन । उनको शब नेपाल पठाउने गृहकार्य भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर