मेस्सी बार्सिलोना फर्कने कुरा हल्लामै सिमित , पीएसजीसंग संझौता नविकरण गर्न सहमत — OSNepal

मेस्सी बार्सिलोना फर्कने कुरा हल्लामै सिमित , पीएसजीसंग संझौता नविकरण गर्न सहमत

LC (KTM) December 24, 2022 0

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका फ्यान तथा समर्थकहरु लाई खुशीको खबर आएको छ । मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । विश्वकप विजेता मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न सैदान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ।

फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता आउने २०२३ को जुनबाट समाप्त हुदैछ । पछिल्लो समय मेस्सी बार्सिलोना फर्कने हल्ला बाहिर आए पनि अन्ततः पीएसजीमै बस्न सहमत भएका हुन् । तर, मेस्सीले पीएसजीसँग थप एक वर्ष क्लबमा रहने गरि सम्झौता नविकरण गर्ने बीबीसीले जनाएको छ ।

मेस्सीलाई क्लब फर्काउन बार्सिलोनाले पहल नगरेको समेत बीबीसीले उल्लेख गरेको छ । मेस्सी २०२१ मा बार्सिलोना छाडेर पीएसजी आएका थिए । उनले २ वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर