बगबंन्धु एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशको सामना गर्दै — OSNepal

बगबंन्धु एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशको सामना गर्दै

LC (KTM) December 25, 2022 0

बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ । ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो ।

बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो । नेपालले भने तीन खेलमै पराजय व्यहोरेको थियो । तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो ।

यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ ।दुबै सेमिफाइनल खेल आइतबार हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर