नेपाल र बंगलादेश सेमिफाइनलमा भीड्दै — OSNepal

नेपाल र बंगलादेश सेमिफाइनलमा भीड्दै

LC (KTM) December 25, 2022 0

काठमाडौं, १० पुस;काभा यु-२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो ।

लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो ।

दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन् । पराजित टोली कास्य पदकको लागि पून खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर