राजकुमार ह्यारीकी पत्नीसँग द सनले यसकारण माग्यो माफी — OSNepal

राजकुमार ह्यारीकी पत्नीसँग द सनले यसकारण माग्यो माफी

LC (KTM) December 25, 2022 0

लन्डन, १० पुस:द सन अखबारले राजकुमार ह्यारीकी पत्नी मेघनको बारेमा जेरेमी क्लार्कसनको स्तम्भ प्रकाशित गरेकोमा खेद व्यक्त गरेको छ । सो स्तम्भलाई लिएर पत्रिकाले ‘इमानदारीपूर्वक क्षमा’समेत मागेको छ । गत हप्ता क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा बढी उजुरी परेको थियो ।

पछि उनले द सनको वेबसाइटबाट उक्त स्तम्भ हटाउन आग्रह गरेका । उक्त लेख इन्डिपेन्डेन्ट प्रेस स्टयान्र्डड अर्गनाइजेसन (आइपीएसओ)को सबैभन्दा बढी गुनासो गरिएको लेख बनेको थियो । लेखलाई लिएर मंगबारसम्म २० हजार ८ सय गुनासा आएका थिए ।

गुनासा बढेपछि लेखकले ‘भविष्यमा बढी साबधानी’ दर्शाउने बताएका थिए पनि पत्रिकाले लेखको सामग्री लेखकका नितान्त व्यक्तिगत विषय भएको बताएको थियो । १६ डिसेम्बरमा प्रकाशित क्लार्सनको स्तम्भ सामाजिक सञ्जालमा पनि व्यापक आलोचित भएका थियो ।

लेखककी छोरी एमिलीले पनि आफ्नो बुबाको बिचारसँग आफू असहमत भएको बताएकी थिइन् ।

उनले गत हप्ता भनेकी थिइन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि म मेरो बुबाले मेघन मर्केलको बारेमा लेखेका सबै कुराको विरुद्धमा उभिन चाहन्छु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर