सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए — OSNepal

सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

LC (KTM) December 25, 2022 0

बेइजिङ–उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजुदर फसेका छन् । फसेका मजुदरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।

शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए ।

२२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर