नेपाल आयोजक बंगलादेश संग पराजित — OSNepal

नेपाल आयोजक बंगलादेश संग पराजित

LC (KTM) December 25, 2022 0

बंगलादेशमा जारी बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । सेमिफाइनल खेलमा आयोजक बंगलादेश संग पराजित भएको हो । ढाकामा आइतबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-० को सोझो सेटमा पराजित गरेको हो ।

फाइनल पुग्ने क्रममा नेपाललाई बंगलादेशले २५-१५,२५-२२ र २५-१३ ले पराजित गरेको हो । अब बंगलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएर फाइनल पुगिसकेको छ ।

नेपालले अब तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर