नेपाल टी ट्वान्टी लिगमा बिराटगरमाथी लुम्बिनीको २ रनको रोमाञ्चक जित — OSNepal

नेपाल टी ट्वान्टी लिगमा बिराटगरमाथी लुम्बिनीको २ रनको रोमाञ्चक जित

LC (KTM) December 25, 2022 0

फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी ट्वान्टी लिग अन्तर्गत आज भएको खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । लुम्बिनीले बिराटनगरलाई २ रनको झिनो अन्तरले पराजित गरेको छ। लुम्बिनीले बिराटनगरलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए । लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले । यता बिराटनगरका लागि नन्दन यादव,हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १र१ विकेट लिए ।

दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर