प्रधानमन्त्रीको शपथ चलिरहँदा देउवाले उठ्न गाह्रो मानेपछि... — OSNepal

प्रधानमन्त्रीको शपथ चलिरहँदा देउवाले उठ्न गाह्रो मानेपछि…

LC (KTM) December 26, 2022 0

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रममा काँग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निन्याउरो अनुहार लिएर त पुगे तर धेरै बेर बस्न सकेनन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, कायम मुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीसहित पूर्व प्रधानमन्त्रीहरू र विशिष्ट अतिथिहरूको सहभागिता कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराइरहँदा सबै आगन्तुकहरु आ–आफ्नो कुर्सीबाट उठे । तर देउवा भने उठेनन् ।

सँगै बसेका प्रचण्ड शपथका लागि अघि बढ्दै गर्दा देउवा भने उठ्नलाई कुनै हतारो गरेनन् । अहिले त्यही तस्विर सामाजिक संजालमा भाइरल बनिरहेको छ । निकै थकित र तनावमा देखिएका देउवालाई सुरक्षाकर्मीले पटक पटक उठ्न आग्रह गरेपछि बल्ल शपथ गराउने क्रम चलिरहँदा उनी बल्ल उठे ।

तर प्रचण्डको शपथलगत्तै देउवा पुरा समय कार्यक्रममा नबसी राष्ट्रपति भवनबाट बाहिरिए । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ चलिरहँदा बीचैमा देउवा बाहिरिएका कारण उनको कुर्सी खाली नै देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर