फिफा विश्वकपमा चम्किएका गाक्पोलाई आइन्डोभनले लिभरपुललाई कृतिमानी मूल्यमा बेच्यो — OSNepal

फिफा विश्वकपमा चम्किएका गाक्पोलाई आइन्डोभनले लिभरपुललाई कृतिमानी मूल्यमा बेच्यो

LC (KTM) December 27, 2022 0

एजेन्सी – विश्वकपमा चम्किएका डच विङ्गर कोडी गाक्पोलाई पीएसभी आइन्डोभनले कीर्तिमानी मुल्यमा लिभरपुललाई बेचेको छ। दरल्यान्ड्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा तीन गोल गरेका गाक्पो इन्डोभनले कीर्तिमानी मुल्यमा लिभरपुललाई बेचेको बताइएको छ ।

समाचारमा जनाइए अनुसार गाक्पोलाई इङ्लिस क्लब लिभरपुलले करिब ५० मिलियन पाउन्डमा भित्र्याएको छ।उत्कृष्ट लयमा रहेका २३ वर्षीय अट्याकरलाई कीर्तिमानी मुल्यमा बिक्री गरेको आइन्डोभनले पुष्टि गरेको छ ।

उनले डच लिच एरडिभिजीमा जार सिजन नै ९ गोल र १२ असिस्ट गरेका थिए । आवश्यक प्रक्रिया पूरा गर्न तत्कालै इङ्ल्यान्ड प्रस्थान गर्ने आइन्डोभनद्वारा जारी वक्तव्यमा उल्लेख छ। आइन्डोभनका महाप्रबन्धक मार्सेल ब्रान्ड्सले दुवै क्लबले आधिकारिक बिक्री मुल्य सार्वजनिक तर यो पीएसभीका लागि कीर्तिमानी मुल्य रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर