गृहमन्त्री पछि उपसभामुखमा पनि रास्वपाको दाबी — OSNepal

गृहमन्त्री पछि उपसभामुखमा पनि रास्वपाको दाबी

LC (KTM) December 28, 2022 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा ) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार बोलाइएको बैठकमा उपसभामुखमा पनि रास्वपाल दाबी गरेको बताइएको छ ।

‘उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गर्ने भन्ने रहेको रास्वपाका एक सांसदले बताए । उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुन् ।

यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री पनि हुन सक्ने रास्वपाका सासंदले बताए । राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी छ । यस अघि रास्वपाबाट वी लामिछाने गृहमन्त्री भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर