नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न निर्वाचन, ३ जनाबीच प्रतिस्पर्धा — OSNepal

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न निर्वाचन, ३ जनाबीच प्रतिस्पर्धा

LC (KTM) December 29, 2022 0

विराटनगर, १४ पुस -नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन् ।

दलको नेतामा आकाङ्क्षी देखिएका भीम प्रसाद पराजुलीले थापालाई समर्थन गरेका हुन् । थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन् ।संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिता कुमारी गुरुङ रहेकी छन् ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन् । उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन् ।सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिए । उनले सहमति जुट्न नसके शुक्रबार बिहान ९ बजे मतदान हुने जानकारी दिए । कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर