आज तमु ल्होसार, सार्वजनिक बिदा पनि — OSNepal

आज तमु ल्होसार, सार्वजनिक बिदा पनि

LC (KTM) December 30, 2022 0

काठमाडौं, १५ पुस : आज  ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् ।
 
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर