गाडी रोकेर किनारमा पिसाब गर्न गएका थिए महत — OSNepal

गाडी रोकेर किनारमा पिसाब गर्न गएका थिए महत

LC (KTM) December 30, 2022 0

काठमाडौं –  सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन्। शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका ४ काभ्रेभिरबाट लडेर उनी बेपत्ता भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकका अनुसार भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । ग१ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ।

उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा बाटोमा गाडी रोकेर ओलिएका थिए। भीरबाट उनी मस्याङदी नदीमा खसेका थिए। नदीमा बेपत्ता उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर