नेपाल टी ट्वान्टी लिगमा लुम्बिनीको अपराजित यात्रा कायमै , काठमाण्डौ ३५ रनले पराजित — OSNepal

नेपाल टी ट्वान्टी लिगमा लुम्बिनीको अपराजित यात्रा कायमै , काठमाण्डौ ३५ रनले पराजित

LC (KTM) December 30, 2022 0

नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले अपराजित यात्रा कायमै राखेको छ । काठमाडौं नाईट्सलाई पराजित गर्दै लुम्बिनीले लगातार पाचौं जित निकालेको छ । लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाण्डौलाई १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रनको सवार्धिक ठूलो ईनिङ खेले । सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए । लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रनको ईनिङ खेले । लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाएका थिए ।

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा,एलेक्स ब्लेक,सुनाम गौतम र अनिल खरेलले समान एक एक विकेट हात पारे । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर