धरानलाई पराजित गर्दै एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा — OSNepal

धरानलाई पराजित गर्दै एपिएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा

LC (KTM) December 31, 2022 0

एपीएफ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै साबिकको बिजेता एपीएफ अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

एपीएफलाई महत्वपुर्ण जित दिलाउने क्रममा बिकु तामाङ र युवराज खड्काले एक एक गोलको योगदान दिए ।खखेलको ३७ औं मिनेटमा बिकुले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ४० औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।

जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।यस पटक साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर