भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा — OSNepal

भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा

LC (KTM) January 01, 2023 0

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्व सामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कदैछ (सन् २०२२ अक्टोबर) ।

राष्ट्रपति सीको कार्यकालको सुरुदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रुपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा ‘शान्ति कूटनीति’ अवलम्बन गरेको चीनले केही वर्ष यता आफ्नो सक्रियता निकै बढाएको प्रत्यक्ष देख्न सकिन्छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

साउथ चाइना सीको बढ्दो आर्थिक एवं सामरिक महत्वका बीच चीनको नेपालमा बढ्दो सक्रियता र गतिविधिलाई मध्यनजर गर्दै विश्वशक्ति राष्ट्र अमेरिका पनि खुलेरै मैदानमा उत्रिएको छ ।

फलस्वरुप विगत २/३ वर्ष यता अमेरिका र चीनबीच चलेको होडबाजी र दोहरी नेपाली राजनीतिक, कूटनीतिक वृत्तमा चर्को रुपमा देखा परिरहेको छ ।अर्कोतिर, दशकौंदेखि नेपाली राजनीतिको निर्णायक मोडमा प्रत्यक्ष देखापर्ने भारत भने केही समय यतादेखि ‘प्रयाग राजको त्रिवेणीमा’ सरस्वती नदी लुप्त भए जस्तै ‘अदृश्य खेलाडी’ को सक्रिय भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर