पूर्ववडाध्यक्ष सुरजको आगलागीमा परी दुखद निधन — OSNepal

पूर्ववडाध्यक्ष सुरजको आगलागीमा परी दुखद निधन

LC (KTM) January 02, 2023 0

पर्वत -आगलागीमा परेर कास्कीमा पूर्ववडाध्यक्षको मृत्यु भएको छ । आइतबार राति घरमा भएको आगलागीमा परेर मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङको मृत्यु भएको हो ।

सिक्लेसको धाप्राङस्थित आफ्नै घरमा सुतिरहेका बेला आइतबार राती करिब पौने बजेको समयमा आगलागी सुरु भएको थियो।आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

बिद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशङ्का स्थानीय बासिन्दाहरूले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर