कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द — OSNepal

कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द

LC (KTM) January 05, 2023 0

कञ्चनपुर-कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ ।एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएपछि नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ । यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ ।

यो पनि:हात्तीको त्रास : बराहक्षेत्र नगरका जनता त्रसित – धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् । बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जङ्गलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पु¥याउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

“साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएको फलफूल, केरालगायत अन्यबाली नोक्सान पु¥याउँदै आएका छन् ।”, भरौलका स्थानीयवासी नीरकुमार कार्कीले भन्नुभयो, “गाउँले साँझ परे पछि हात्ती धपाउन तयार हुनुपर्छ । जङ्गल नजिक घर हुनेहरू रातभरि निदाउन पाउँदैनन् ।” पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पु¥याएको वडाध्यक्ष लामाले बताउनुभयो । बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् ।

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताउनुभयो । दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरु केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गरेर राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर