घाँस काट्ने क्रममा भीरबाट लडेर बसन्तीको मृत्यु — OSNepal

घाँस काट्ने क्रममा भीरबाट लडेर बसन्तीको मृत्यु

LC (KTM) January 05, 2023 0

डोटी :  डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्ट रहेकी छन् ।

उनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाउको छ ।प्रहरकिा अनुसार यस विषयमा बुझ्ने प्रयास भइरहेको छ ।

यो पनि पढ्नुहोस – प्रधानमन्त्रीले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा : काठमाडौं, २१ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्र्नु । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर