आगोमा जलेर निर्जलाको ३ वर्षीय छोरा निर्जलको मृत्यु — OSNepal

आगोमा जलेर निर्जलाको ३ वर्षीय छोरा निर्जलको मृत्यु

LC (KTM) January 05, 2023 0

काठमाडौं, २१ पुस -सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ लप्सेस्थित लप्से युवा पशुपंक्षी फर्ममा बिहीबार बिहान आगलागी हुँदा सोही फर्ममा काम गर्ने २५ वर्षीया निर्जला कार्कीको छोरा ३ वर्षीय निर्जल कार्कीको आगोले जलेर मृत्यु भएको छ । आगलागीबाट विभिन्न सामान जलेर करिब ६ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महागनगरपालिकाउ-३ धोबीघाट करिडोर बस्ने २८ वर्षीय कृष्ण पोदारको कवाडी गोदाममा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, केराबारी गाउँपालिका-५ गुम्बा टोल बस्ने टिकामाया तामाङको घरमा विद्युतको तार सर्ट भई बिहीबार बिहान आगलागी हुँदा नजिकै रहेको बुद्धि बहादुर तामाङको र टिकामायाको घर समेत जलेर करिब २१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, गुजरा नगरपालिका-१ रंगपुर गाउँ बस्ने ५३ वर्षीय रबिन्द्र बण्ठाको पोल्ट्री फर्ममा विद्युत तार सर्ट भई गएराति आगलागी हुँदा पोल्ट्री फर्म पूर्णरुपमा जलेर करिब ४ लाख ४७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर