स्कारपियोले स्कुटर र साईकललाई ठक्कर दिँदा राजेन्द्रको मृत्यु — OSNepal

स्कारपियोले स्कुटर र साईकललाई ठक्कर दिँदा राजेन्द्रको मृत्यु

LC (KTM) January 05, 2023 0

बारा, २१ पुस -जितपुरसिमरा उपमहानगरपालिका-१६ पसाहापुलस्थित सडकमा ग.२ च ४४१३ नम्बरको स्कारपियोले प्र.२-०३-००२ प ४५८७ नम्बरको स्कुटर र साईकललाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना स्कुटर चालक सोही उपमहानगरपालिका-१६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साईकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर