उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने सर्वाेच्चको आदेश — OSNepal

उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने सर्वाेच्चको आदेश

LC (KTM) January 06, 2023 0

काठमाडौं, २२ पुस । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । 

सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजका लागि अन्तरिम आदेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । 

बिहीबार अन्तरिम आदेश दिने या नदिने विषयमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले लामिछानेको पद यथावत रहने आदेश दिएको हो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर