कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता — OSNepal

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

LC (KTM) January 06, 2023 0

काठमाडौं, २२ पुस:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो ।

शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर