लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० लिगको उपाधि — OSNepal

लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० लिगको उपाधि

LC (KTM) January 11, 2023 0

काठमाडौं, २७ पुस;काठमाडौंमा जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ ।

एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ९ रनमै समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर