अवैध क्रसर उद्योगको दबदबा हुँदा वैधले माग धान्न सकेनन्, निर्माण ठप्प, बढ्यो मूल्य — OSNepal

अवैध क्रसर उद्योगको दबदबा हुँदा वैधले माग धान्न सकेनन्, निर्माण ठप्प, बढ्यो मूल्य

LC (KTM) January 17, 2023 0

काठमाडौं । सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगले मूल्य बढाउन सुरू गरेका छन् । नयाँ कामको सुरुवात नभएपनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरू भएको हो । बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा त्यसको बढ्दो लागत उपभोक्तामा पर्न गएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गर्नुअघि चार हजार रुपैयाँमा पाइएको गिटी बालुवा अहिले ८-९ हजारमा पनि नपाइएको बताए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

१२ सय क्रसर उद्योगमध्ये सरकारको निर्णयबाट ६ सय ५० वटा बन्द भए भने कतिपय आफ्नै कारणले बन्द पनि भएका थिए । अहिले करिब ३ सयको हाराहारीमा मात्रै क्रसर उद्योग वैध रूपमा सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर