चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनिन्, छोरी जन्मेको २ महिनापछि बल्ल छोरीको तस्विर सार्वजनिक गरिन् — OSNepal

चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनिन्, छोरी जन्मेको २ महिनापछि बल्ल छोरीको तस्विर सार्वजनिक गरिन्

LC (KTM) July 07, 2021 0

काठमाडौँ – भद्रगोल, सक्किगोनी, लगायतका चर्चित हाँस्यशृखलाकी चर्चित अभिनेत्री रक्षा श्रेष्ठ गुरुङ आमा बनेकी छिन् ।

आज रक्षाले आफ्नो जन्मदिनको अवसरमा दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर समेत सार्वजनिक गर्दै अहिलेसम्म गोप्य रहेको रहस्यको पर्दाफास गरेकी छिन् । हत्तपत्त आफ्नो निजी जीवनलाई बाहिर ल्याउन नचाहाने रक्षाले छोरी जन्मेको २ महिनापछि बल्ल तविर सार्वजनिक गरेपछि उनका फ्यान तथा आफन्तहरु चकित परेका छन् ।

बुधबार सामाजिक संजालमा छोरी र आफ्ना तस्विरहरु पोस्ट गर्दै रक्षाले लेखेक िछिन् वैशाख २३ गते मैले छोरीलाई जन्म दिएकी हुँ । छोरी जन्माएको विषयलाई दुई महिना सम्म गोप्य राखेकी उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन्। रक्षाका अनुसार उनकी छोरीको नाम माहिरा गुरुङ राखिएको छ । रक्षाले यसअघि विबाह गरेको कुरालाई वर्षौसम्म गोप्य राख्न सफल भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर