नेपाल क्रिकेट संघले सन्दीपमाथिको निलम्बन गर्यो फुकुवा — OSNepal

नेपाल क्रिकेट संघले सन्दीपमाथिको निलम्बन गर्यो फुकुवा

LC (KTM) January 31, 2023 0

काठमाडौँ । केही दिन अघि मात्रै सामाजिक संजालमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले अँध्यारोपछि उज्यालो आउने भन्दै लेखेका थिए ।

करिब ३ महिना बन्द कोठामा बिताएका सन्दीप बिस्तारै फेरी पुरानै दिनचर्यामा फर्किन लागेका बेला नभन्दै उनले लेखेकै स्टाटससँग उनको जीवन पनि मेल खान पुगेको छ ।

स्टाटस अपडेट गरेको १ साता नबित्दै साँच्चिकै सन्दीपको जिन्दगीमा फेरी आशाको किरण पलाएको छ । आजमात्रै नेपाल क्रिकेट संघले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो । एक नाबालिका ब ला त्कार आरोपमा समातिएका उनलाई क्यानले निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गरिएको हो ।

यसैबिच आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर