म्यानचेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन ३ महिना मैदान बाहिर रहने — OSNepal

म्यानचेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन ३ महिना मैदान बाहिर रहने

LC (KTM) January 31, 2023 0

म्यानचेस्टर युनाईटेडका मिडफिल्डर क्रिस्टियन एरिक्सन कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् । एरिक्सन एन्कल चोटका कारण कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् । उनका फ्यानहरु यो खबर सुन्नासाथ निराश बनेका छन् । एफए कप अन्तर्गत शनिबार रिडिङविरुद्धको खेलमा एरिक्सनले चोट ग्रस्त बनेका थिए ।

युनाईटेडका मुख्य प्रशिक्षक टेन हागले एरिक्सन आगामी अप्रिलसम्म मैदान नफर्कने बताए । डेनमार्कका मिडफिल्डर लामो समय मैदान बाहिर रहने भएपछि युनाईटेडले उनको विकल्पमा खेलाडी अनुबन्धको तयारी गरेको छ । मिडफिल्डर एरिक्सनले यस सिजन युनाईटेडका लागि ३१ खेल खेलिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर