धेरैपछि खुशी हुँदै सन्दीप लामिछानेले लेखे ‘समयसँगै फेरि भेटौँला’ — OSNepal

धेरैपछि खुशी हुँदै सन्दीप लामिछानेले लेखे ‘समयसँगै फेरि भेटौँला’

LC (KTM) February 01, 2023 0

काठमाडौँ । पछिल्लो ३ महिनादेखि सामाजिक संजालबाट हराएका क्रिकेटर सन्दीप लामिछानेले हालै एउटा स्टाटस लेखे । जुन स्टाटसले ब्यापक चर्चा पाइरहेको छ । नेपाल क्रिकेट संघ(क्यानले निलम्बन फुकुवा गरेपछि क्रिकेटर लामिछानेले समयसँगै फेरि भेटौँला भन्दै स्टाटस लेखेको स्टाटस केही घण्टामा नै भाइरल बन्यो । राष्ट्रिय मिडियामा समेत सन्दीपको स्टाटसको समाचार बने ।
सन्दीपले आफ्नो पुरानो फोटो अपलोड गर्दै ‘समयसँगै फेरि भेटौँला’ भनेर लेखेका छन् ।

सन्दीप एक नाबालिका बलात्कार आरोपमा करिब ३ महिना हिरासतमा बसेर हालै २० लाख धरौटीमा निस्किएका सन्दीपले न्याय पाएको भन्दै एकथरीले वकालत गरेता पनि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो । लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै शर्तसहित रु २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो ।

पुनरावलोकन निवेदनमा भनिएको छ, “उच्च अदालत, पाटनबाट मिति २०७९÷०९÷२८ मा भएको उक्त आदेश तत्काल प्राप्त प्रमाणको मूल्याङ्कनको रोहमा बेरीतपूर्ण रहेको हुँदा उक्त आदेश बदर गरी निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १ को देहाय ९ख० बमोजिम पुर्पक्षको निम्ति थुनामा राखी मुद्दाको पूर्पक्ष गरी पाउन सम्मानित अदालत समक्ष सादर अनुरोध गरिन्छ ।”

उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालासले गत पुस २८ गते लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटी लिएर थुनामुक्त गर्न भनेको थियो ।

गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछाने विरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेको कानून व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो ।

लामिछाने विरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर