अमृत समान स्वास्थ्यका लागि लौकाको जुस यति धेरै फाइदै फाइदा — OSNepal

अमृत समान स्वास्थ्यका लागि लौकाको जुस यति धेरै फाइदै फाइदा

LC (KTM) February 02, 2023 0

काठमाडौ-लौका स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाक्ने नियमित तरकालि हो । लौका झालमा फल्ने लहरे तरकालि पनि हो । बिशेष गरेर तरकारीका लागि प्रयोग हुने लौकाको जुस खानु स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ । धेरै मानिसहरुलाई लौकाको जुस मन नपर्न पनि सक्छ ।

तर, फाइदा थाहा पाएपछि लौकाको जुस पिउँदिन भन्न सक्नु हुनेछैन । लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउँछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।खाली पेटमा लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ ।

लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ।यदि तपाई विहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ। यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर