मीन भवन क्याम्पसमा नेविसङ्घका दुई पक्षबीच कसरी शुरु भयो विवाद ? — OSNepal

मीन भवन क्याम्पसमा नेविसङ्घका दुई पक्षबीच कसरी शुरु भयो विवाद ?

LC (KTM) February 06, 2023 0

काठमाडौँ – काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ ।त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेसँगै कांग्रेसनिकट नेविसङ्घबीच विवाद बढेको हो । नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक विथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढेको हो ।

विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । “ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न एकाइबाट प्रहरी टोली खटाएका छौँ”, उहाँले भन्नुभयो ।पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर