मकवानपुरको राक्सिराङको बागङ्रीदाङमा खानेपानी समस्या हट्यो — OSNepal

मकवानपुरको राक्सिराङको बागङ्रीदाङमा खानेपानी समस्या हट्यो

LC (KTM) February 11, 2023 0

वाग्मती-लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको मकवानपुरको विकट क्षेत्रमा रहेको राक्सीराङ गाउँपालिका–५ स्थित बागङ्रीदाङमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । उक्त योजना निमार्णले स्थानीय बासिन्दाको खानेपानीको समस्या हटेको छ । रिकभर परियोजनाद्वारा निर्माण भएको खानेपानी योजनालाई स्थानीय बासिन्दामा हस्तान्तरण गरिएको सो गाउँपालिकाले जनाएको छ ।

सिआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको सो योजनाअन्तर्गत करिब दुई सय ५० स्थानीय बासिन्दाका लागि २८ घरधुरीमा ३० धारा जडान गरी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

सीआरएस नेपालको आर्थिक सहयोगमा उक्त योजनामा कूल बजेट रु १२ लाख ७० हजार पाँच सय ६५ र श्रमदान रु चार लाख ९० हजार सात सय २५ गरी खानेपानी निर्माणमा रु १७ लाख ६१ हजार दुई सय ९० रहेको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष रुक्मिणी बर्तौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर