केपी ओली कपको उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने — OSNepal

केपी ओली कपको उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने

LC (KTM) February 13, 2023 0

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको ड्र अनुसार पहिलो खेलमा पुलिस र सातदोबाटो भिड्ने भएका हुन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ ।

खेल ३ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।प्रतियोगितामा ुएु डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर