महिला टी ट्वान्टी बिश्वकपमा भारतको सुखद सुरुवात — OSNepal

महिला टी ट्वान्टी बिश्वकपमा भारतको सुखद सुरुवात

LC (KTM) February 13, 2023 0

भारतले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी ट्वान्टी विश्वकपमा सुखद सुरुआत गरेको छ । आईतबार केपटाउनमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेर भारतले सुखद सुरुआत गरेको हो । पाकिस्तानले भारत समक्ष १ सय ५० रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य भारतले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि जेमिमा रोट्रिजेजले ३८ बलमा ५३ रनको अविजित ईनिङ खेल्दा शफाली बर्माले ३३ रन बनाईन् । रिचा घोषले अविजित ३१ रन बनाईन् । यात्सिका भाटियाले १७ रन बनाउँदा कप्तान हरमनप्रित कौरले १६ रन बनाईन्। पाकिस्तानका लागि नशरा सन्धुले २ तथा सादिया ईकवालले १ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान विस्मा मारुफले अविजित ६८ रन बनाईन् । अन्यले गतिलो प्रर्दशन गर्न सकेनन् । भारतका लागि राधा यादवले २ तथा दिप्ति शर्मा र पूजा भातस्करले समान १र१ विकेट लिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर