म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित — OSNepal

म्यानचेस्टर युनाइटेडकाे इंग्लिस प्रिमियर लिगमा सहज जित

LC (KTM) February 13, 2023 0

काठमाडाैं, १ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  सहज जित हात पारेको छ ।

युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गाेलकाे याेगदान गरेका थिए ।

एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलकाे ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । 

यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ ।  पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर