पूर्वराजाले गरे दलसँग सहकार्यको प्रस्ताव — OSNepal

पूर्वराजाले गरे दलसँग सहकार्यको प्रस्ताव

LC (KTM) February 19, 2023 0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग सहकार्यको प्रस्ताव राखेका छन् ।देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने बताउँदै पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेप्रति चिन्ता व्यक्त गरेका छन् । राजधानी दैनिकमा प्रकाशित छ ।

पूर्वराजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाको सहभागिता र केही आशालाग्दा नतिजाबाट मुलुकको आगामी दिशाबारे आँकलन गर्न सकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर