करिश्मा कपूरका कारण समस्यामा परेका थिए यी चर्चित अभिनेता — OSNepal

करिश्मा कपूरका कारण समस्यामा परेका थिए यी चर्चित अभिनेता

LC (KTM) February 19, 2023 0

बलिउड स्टार गोविन्दा र करिश्मा कपूरको फिल्म ‘कुली नम्बर १’ सन् १९९५ मा रिलिज भएको थियो । यो फिल्ममा अर्की अभिनेत्री पनि थिइन् जसको नाम कञ्चन हो । गोविन्दाको यो सुपरहिट फिल्ममा कञ्चनले करिश्मा कपूरकी बहिनी ‘शालिनी’को भूमिका निभाएकी छिन् । यो फिल्ममा पनि उनलाई निकै रुचाइएको थियो ।

उनको निर्दोषतालाई सबैले मन पराएका थिए । तर, इन्डस्ट्रीमा प्रवेश गर्ने बित्तिकै उनले छाडिदिइन् । जानौँ कञ्चनको कथा । गोविन्दा बाहेक कञ्चनले ९० को दशकमा अक्षय कुमार र सलमान खान जस्ता सुपरस्टारसँग काम गरिन् । तर उनले खासै सफलता हात पार्न सकिनन् ।

उनले सलमान खानसँग फिल्म ‘सनम बेवफा’ मा काम गरेकी थिइन् भने अक्षय कुमारसँग फिल्म ‘अमानत’ मा मुख्य भूमिका निभाएकी थिइन् । भनिन्छ, करिश्मा कपुर र श्रीदेवीको आगमनपछि कञ्चनले धेरै फिल्ममा काम पाईनन् किनभने त्यतिबेला निर्माता र निर्देशकले बोल्ड अभिनेत्रीको खोजी गरिरहेका थिए र कञ्चनको लुक्स साधारण केटीको थियो ।

नायिकाले साउथ इन्डस्ट्रीमा पनि हात हाल्ने प्रयास गरेकी थिईन् । उनले मलयालम सुपरस्टार मोहमलालसँग फिल्म ‘गन्धर्वम’ मा काम गरेकी थिइन् । यो जोडी र फिल्म दुबै सुपरहिट भए पनि साउथको पहिलो फिल्म सुपरहिट भएपछि पनि कञ्चनले खासै लोकप्रियता पाउन सकिनन् ।

यहाँ पनि उनलाई असफलता मात्रै मिल्यो । अहिले कञ्चनलाई चिन्न निकै गाह्रो छ । उनी कहाँ छिन् र कस्तो जीवन बिताइरहेका छन्, कसैलाई थाहा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर