बिहेपछि अभिनयमा बलियो उपस्थिति देखाउँदै वर्षा, जसरी पनि चलाउन चाहान्छिन् ‘ए साथी सुन’ — OSNepal

बिहेपछि अभिनयमा बलियो उपस्थिति देखाउँदै वर्षा, जसरी पनि चलाउन चाहान्छिन् ‘ए साथी सुन’

LC (KTM) February 20, 2023 0

काठमाडौँ । सुन्दरी नायिका वर्षा सिवाकोटीले फिल्ममा काम त पाएकी छिन् तर उनका पछिल्ला दुई फिल्म लगातार फ्ल्प भएपछि उनी तेस्रो फिल्म चलाउने जाँगरसहित प्रचार प्रसारमा उत्रिएकी छिन् ।

वैशाखमा रिलिज भएको फिल्म ‘लक्का जवान’ र माघमा रिलिज भएको फिल्म ‘मनसँग मन’ फ्ल्प भएपछि वर्षा रिलिजको तयारीमा रहेको तेस्रो फिल्म ‘ए साथी सुन’बाट आशावादी छिन् । जुन फिल्म चैत्रको १० गतेबाट रिलिज हुँदै छ ।

यो फिल्ममा वर्षाले नव कलाकार रमेश बानियाँसँग रोमान्स गरेकी छिन् । बिहेपछि फेरि नेपाली फिल्ममा बलियो उपस्थिति जनाउने तयारीमा रहेकी वर्षाले फिल्म ‘कामिनो’ साइन गरिसकेको भएता पनि तत्कालका लागि उनी चाहान्छिन् ‘ए साथी सुन’ चलोस् भन्ने ।

नत्र यही वर्ष रिलिज भएका उनका तिन वटै फिल्म फ्ल्प हुन पुग्छन् । ‘ए साथी सुन’ले राम्रो व्यापार गरेको खण्डमा उनलाई राहत हुनसक्छ । उनको पछिल्लो फिल्म ‘ए साथी सुन’ रोमान्स र थ्रिलर कथामा निर्माणमा भएको फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर