यस्तो अबस्थामा फेला परे बलिउडमा चलेका यी नायक — OSNepal

यस्तो अबस्थामा फेला परे बलिउडमा चलेका यी नायक

LC (KTM) February 20, 2023 0

आदित्य रोय कपुरलाई बलिउडका ह्यान्डसम हङ्क्समा गनिन्छ । यतिबेला बलिउड करिडोरमा कलाकारहरुको प्रेमकथाहरु घुमिरहेका छन् । उनको नाम अभिनेत्री अनन्या पाण्डेसँग जोडिएको छ । कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको विवाहको रिसेप्शनमा अनन्या पाण्डे र आदित्य रोय कपुर सँगै देखिएका थिए ।

दुबैले एकअर्कालाई डेट गरिरहेको बताइएको छ । यसैबीच अभिनेताको एउटा भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ, जसलाई देखेर सबै छक्क परेका छन् । यो भिडियोमा अभिनेता होटलमा देखिएका छन् । यति मात्र होइन, होटेलमा आउने मानिसहरु अभिनेतासँग सेल्फी खिच्ने गरेको देखिन्छ, जसलाई देखेर मानिसहरु सोच्न थालेका छन् कि अभिनेताले फिल्मी दुनिया छाडेर गए रु तर, यो भिडियोको सत्यता अर्कै छ ।

वास्तवमा उनको यो भिडियो उनको आगामी वेब सिरिज ‘द नाइट म्यानेजर’सँग सम्बन्धित छ । भिडियोमा अभिनेता शृंखलाको प्रमोशन गरिरहेको देख्न सकिन्छ ।भिडियोमा अभिनेता रिसेप्शनमा उभिएर केही व्यक्तिसँग तस्बिर खिचाइराखेको देख्न सकिन्छ । यो सिरिजमा उनीसँगै अनिल कपुर पनि देखिनेछन् । यो ओटीटी प्लेटफर्मको डिज्नी प्लस हटस्टारमा रिलीज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर