राज कपुरको बंगला १०० करोडमा बिक्यो, बंगला बिक्रीपछि राज कपुरका छोरा रणधीर कपुरले भने यस्तो — OSNepal

राज कपुरको बंगला १०० करोडमा बिक्यो, बंगला बिक्रीपछि राज कपुरका छोरा रणधीर कपुरले भने यस्तो

LC (KTM) February 21, 2023 0

काठमाडौँ – बलिउडका ‘शो म्यान’अभिनेता तथा निर्माता राज कपुरको चेम्बुर बंगला बिक्री भएको छ। भारतिय मिडियाले जनाए अनुसार उनको बंगला गोदरेज ग्रुपले भारु १०० करोडमा किनेको हो । झन्डै एक एकडमा फैलिएको यो बंगलाको ठाउँमा प्रिमियम आवासीय परियोजना बनाइने बताइएको छ ।

सन् २०१९ मा प्रसिद्ध आरके स्टुडियो पनि गोदरेज समूहले किनेको थियो। बंगला बिक्रीपछि राज कपुरका छोरा रणधीर कपुरले भने, ‘यो बंगलाबाट हामीसँग धेरै सम्झना छन्।

यसले हाम्रो परिवारका लागि धेरै अर्थ राख्छ। हामी गोदरेज परिवारले यो समृद्ध विरासतलाई अगाडि बढाउने आशा गर्दछौं।’ । राज कपुरको यो बंगला देवनार फार्म रोडमा टाटा इन्स्टिच्युट अफ सोसल साइन्स (टीआईएसएस) को छेउमा छ।  प्रिमियम आवासीय परियोजना अनुमानित मूल्य झन्डै भारु ५ सय करोड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर