नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन राजाबाट १४ करोड रुपैयाँ बराबरको प्रतिष्ठित ‘इशा अवार्ड’ प्रदान — OSNepal

नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन राजाबाट १४ करोड रुपैयाँ बराबरको प्रतिष्ठित ‘इशा अवार्ड’ प्रदान

LC (KTM) February 21, 2023 0

काठमाडौं – नेत्र चिकित्सक डा।सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि९(न्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन् ।

डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको तथा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएकोले उक्त अवार्ड प्रदान गरिएको राजा हमादले बताउ । डा।रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

यो अवार्ड पाएपछि डा रुयतले मेहेनतका साथ काम गर्ने अवसरका रुपमा थप प्रेरणा दिएको बताए । नेत्र चिकित्सक डा। रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्षरपरोक्ष सेवा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर