अर्को साता पेरिसको एफिल टावर अगाडि इन्गेजमेन्ट गर्दै अर्जुन र मलाइका — OSNepal

अर्को साता पेरिसको एफिल टावर अगाडि इन्गेजमेन्ट गर्दै अर्जुन र मलाइका

LC (KTM) February 21, 2023 0

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । यो जोडीले अर्को साता पेरिसको एफिल टावर अगाडि इन्गेजमेन्ट गर्न लागेको भारतिय मिडियाले जनाएका छन् । दुवैले सन् २०१९ मा सामाजिक सञ्जाल मार्फत आफ्नो प्रेम सम्बन्ध बाहिर ल्याएका थिए ।

सामाजिक सञ्जालमा एकआर्का प्रति आफ्नो प्रेम व्यक्त गर्न सक्रिय देखिने यो जोडिले छिटै नै विवाह गर्ने बताएका छन् । यसैबीच मलाइकाले पनि केही समयअघि सामाजिक सञ्जाल इन्स्टाग्रामबाट केही तस्वीर सार्वजनिक गरेकी छन् उक्त तस्वीरमा मलाइका र अर्जुन मुस्कुराएको देखिएको छ।

तस्वीर सार्वजनिक गर्दै मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘तपाईको मुस्कान र हाँसो निकै संक्रामक छ ।’ मलाइका अभिनेता सलमान खानको भाई अरबाज खानसँग सम्बन्धबिच्छेद पश्चात अर्जुनसँग प्रेम सम्बन्धमा रहेकी हुन् । मलाइ अर्जुन भन्दा दश वर्ष जेठी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर